Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

करिब ५ महिनापछि आज नेप्सेमा ६ अर्बभन्दा बढीको शेयर कारोबार

  •   २ वर्ष अघि | ३१ जेष्ठ २०८१, बिहिबार

जेठ ३१, काठमाडौँ । आज बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकम सामान्य घटेको छ । नेप्से परिसूचक आज ९.३२ अंक (०.४३ प्रतिशत) ले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ

करिब ५ महिनापछि आज नेप्सेमा ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

आज भने नेप्सेमा ३१३ स्टकको ७७ हजार ४०० पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँबराबरको १ करोड ४२ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।
यस दिन तीन स्टक साधना लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबरा भएको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको आज २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ ।

बिहिबार सर्वाधिक २.०३ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.०३ प्रतिशतले उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप