Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल स्टक एक्सचेन्जका अनुसार रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने

  •   ३ वर्ष अघि | १५ माघ २०८०, सोमवार

माघ १५, काठमाडौँ । बुक बिल्डिङ प्रक्रिया मार्फत रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि निष्कासन खुला गरेको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने तय भएको छ। नेपाल स्टक एक्सचेन्जमा सोमबार खोलिएको बोलकबोल पत्रहरूका अनुसार उक्त मूल्य हुने निर्णय भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको र त्यसमा ९ सय १२ रुपैयाँमा नै आवेदन दिने प्रारम्भिक नतिजामा देखिएको हो।  

आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो।

सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो।

  • न्युज बहार संवाददाता

थप