Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२१ सय बिन्दु माथी नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन पाँच महिनापछि नेप्सेले २१ सय बिन्दु पार गरेको छ।

आज नेप्से ४५.९८ अंक (२.२३ प्रतिशत)ले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको छ।

परिसुचक बढेपनि सोमबारको तुलनामा आज कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको छ ।

मंगलबार यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेचबाट ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटाको घट्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

आज  बजारमा १० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। 

मेरो माइक्रोफाइनान्स, बोटलर्स नेपाल बालाजु, उन्नति सहकार्य लघुवित्त लगायतका सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ भने सर्वाधिक ७.२६ प्रतिशतले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाइ मूल्य घटेको छ।

आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ । यसदिन होटल्स तथा सर्वाधिक ६.९४ प्रतिशतले पर्यटन समूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप