Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२७.९० अंकले बढेको नेप्सेमा ४ अर्ब ४ करोडको कारोबार

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १८, काठमाडौँ । बुधबार नेप्से बृद्धि भएको छ ।  पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज बढेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक २७.९० अंक(१.३७ प्रतिशत) बढेर २०५८.०० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बृद्धी भएको छ। यस दिन ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।

आज ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, भगवती हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सोनापुर मिनरल्स लगायत कम्पनिको शेयरमूल्य १० प्रतिशत बढेको छ भने यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.१० प्रतिशत घटेको छ।

आज सोनापुर मिनरल्सको सर्वाधीक कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये सर्वाधिक ३.०८ प्रतिशतले जलविद्युत उपसमूहको परिसूचक बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढ्दा विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक लगभग १ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप