Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेमा ३४.४७ अंकको गिरावट, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौं २, काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ३४.४७ अंक(१.१४ प्रतिशत)ले घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार बजारमा यस दिन ३३० स्टकको ३ लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ३४ अंकले घट्दा पनि यस दिन ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्रिय बीमा कम्पनी लगायत अन्य तिन कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । आज म्युचुअल फण्ड, बैंकिङ्ग, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ भने सर्वाधिक ४.४९ प्रतिशतले होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप