Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न नयाँ प्रविधि प्रयोगमा

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि ल्याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रक्तसञ्चार सेवा केन्द्रले रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । 

रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवका अनुसार गत हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको सुरुवात गरिएको हो ।

यस प्रविधिबाट दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने सङ्क्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई कम गर्न सकिने विश्वास लिइएको छ । 

  • न्युज बहार संवाददाता

थप