Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज हरि बोधिनी एकादशी, विधिपुर्वक तुलसी र दामोदरको बिबाह गरिदैँ

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

मंसिर ७, काठमाडौँ । विष्णुका भक्तले चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । शास्त्रीय विधि अनुसार हरि शयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ ।

आज भगवान् विष्णुको प्रतीकका रुपमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व मनाउन लागिएको हो । हरि शयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भन्ने गरिएको हो ।

आज हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

परम्परा अनुसार तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने गरिन्छ। विष्णुको प्रतीकका रुपमा तुलसीको मठ नजिकै निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा पनि गरिन्छ । धार्मिक विश्वासले कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने जनाउँछ।

यमदूत पनि तुलसीको पूजा गरिएको घरमा पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाएर पुजा आराधना गर्ने गर्दछन ।

  • न्युज बहार संवाददाता

थप