Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ‘क्रिसमस डे’ मनाइदैँ

  •   ३ वर्ष अघि | ९ पुस २०८०, सोमवार

पुस ९, काठमाडौँ । विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूसहित नेपालमा पनि आज ‘क्रिसमस डे’ पर्व मनाइदैँछ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । 

कन्या मारियमको कोखबाट दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको मानिन्छ । उनलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहि आएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले आज क्रिसमसको अवसरमा शुभकामना सन्देश दिएका छन् भने सरकारले ‘क्रिसमस डे’ का अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ । 

आज ‘क्रिसमस डे’ अवसरमा ललितपुर, काठमाडौँ, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक देख्न सकिन्छ । बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्रीले सजाइएको छ ।

  • न्युज बहार संवाददाता

थप