कार्तिक ७, काठमाडौँ । आज दुर्गापक्षको मुख्य दिन अर्थात विजया दशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । आज मान्यजनको हातबाट दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म बिधिपुर्वक पूजा आराधना गरिएको प्रसाद लगाइन्छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नौ दिन पूजा आराधना गरेको प्रसाद लगाइने गरिन्छ।
आज मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेहरुका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
- न्युज बहार संवाददाता