Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप कार्यक्रम सञ्चालन हुदैँ

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, खोटाङ । खोटाङ जिल्लामा यही जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सञ्चालन हुदैँ छ । कार्यक्रमअन्तर्गत जिल्लाका सात हजार सातसय १३ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंका अनुसार यही जेठ १३ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र निर्धारण गरिएको छ ।  

स्वास्थ्य कार्यालयले खोप कार्यक्रमका लागि हरेक खोप केन्द्रमा एक/एक स्वास्थ्यकर्मी तथा दुई/दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप