कार्तिक ४, काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज सातौँ दिन फुलपाती । जतिजति दशैँका विशेष दिन नजिकिदै गएको त्यतित्यती काठमाडौँका दैनिक व्यस्त हुने सडकहरु सुनसान बन्दै गइरहेका छन ।
दैनिक सवारी साधन र पैदल यात्रीले खचाखच हुने काठमाडौँका मुख्य सडकमा अहिले छिटपुट सवारी सादन मात्र देख्न सकिन्छ ।
सर्वसाधारणहरु बडा दसैं मनाउन आफ्नै गाउँ फर्किएसँगै काठमाडौँका सडक पातलिँदै गएका हुन्।
आज दसैँको सातौँ दिन पनि सर्वसाधारण गाउँ जाने क्रम चलिनै रहेको छ। दसैं मनाउन घर जाने निस्किएकाहरुले सडक र टोल खाली हुँदै गर्दा बसपार्कमा भने मानिसको खचाखच देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता