कार्तिक
१८, जाजरकोट । प्रहरीले शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा
परेकाहरूको उद्धारकार्य करिब सकिएको जनाएको छ।
भूकम्पमा परेका मानिसहरूको
उद्धारकार्य अपराह्नसम्म करिब सकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता
एसएसपी गोपालचन्द्र भट्टराईले जनाएका छन
उनका अनुसार अब केही घरहरू
मात्रै बाँकी रहेका छन भने उद्धारकार्य करिब सकिएको हो
।
मृत्यु हुनेको संख्या दुबै
जिल्लामा गरी १३८ पुगेको एसएसपी भट्टराईले पुष्टी गरेका छन।
उनले रूकुम पश्चिममा ३८ जना र जाजरकोटमा
१०० जनाको मृत्यु भएको बताएका छन्।
दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताएका छन्।
प्रहरीले मुख्य केन्द्रबिन्दु भई भूकम्प गएको स्थानको उद्धारकार्य करिब सकिएको जनाएको छ।
कम्तिमा डेढ सय जना दुबै जिल्लामा गम्भीर र सामान्य गरी घाइते
भएका छन्। तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते भएका छन्।
- न्युज बहार संवाददाता