Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शीतलहर र चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, पर्सा । चिसो बढेसँगै पर्साजिल्लामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्दै जान थालेका छन् । केही दिनयता बढेको शीतलहर र चिसोका कारण ग्रामीण बस्ती र सहरी क्षेत्रमा श्वासप्रश्वास, रुघाखोकी तथा ज्वरोका बिरामी ह्वात्तै बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्जस्थित प्रभु अस्पताल, नारायणी अस्पताल, बयोधा अस्पताल नेपाल मेडिसिटी लगायत ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको छ । दुधेबालकदेखि वृद्धवृद्धा निमोनिया, ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्याबाट पीडित भएका छन् ।

नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको जानकारी दिएका छन । उनले निमोनिया, रुघाखोकी र ज्वरो लगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको बताए । डा सिंहका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएपछी शय्याको अभाव भएको र अहिले भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।

  • न्युज बहार संवाददाता

थप