Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एचपीभी खोप अभियानका लागि पहिलो लटको खोप नेपाल आइपुग्यो

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

पुस ३, काठमाडौँ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि पहिलो लटको खोप आइपुगेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने यो खोपको पहिलो लटको खोप नेपाल आइपुगेको हो ।

चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा नेपाल आएको हो ।

मंगलबार बेलुका ४ लाख ६० हजार भाइल खोप आइपुगेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दिएका हुन ।

कुल १७ लाख ७० हजार २० भाइल खोप ‘एचपीभी खोप अभियानका लागि आउने बताइएको छ भने  त्यसमध्येको पहिलो लट मंगलबार राति आएको हो । अब लट-लट गरि पुस अन्तिमसम्म सबै खोप आइसक्ने शाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप