Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पेट सफा गर्ने केही पेय पदार्थहरु

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २७, काठमाडौँ । हामीले पेट सामान्य अवस्थामा पेट सफा गर्नको लागि खान सकिने केही पेय पदार्थहरु यस्ता छन । 

भुइँकटहर (पाइनएप्पल) को रस वा जुस

पेट सफा गर्न भुइँकटहरको जुस निकै फाइदाजनक मानिन्छ । भुइँकटहरमा पाइने ब्रोमेलेन इन्जाइमले प्रोटिन चेन तोडेर एमिनो एसिडमा परिणत गर्छ । जब जिद्दी प्रोटीन खाना रहदैन यो एमिनो एसिड त्यहाँ बस्छ र पेट सफा गर्छ । भुइँकटहरको जुसले ब्लोटिङ, इरिटेबल बोवेल सिन्ड्रोम, ग्यास, अपचजस्ता समस्याहरूबाट पनि छुटकारा दिने गर्छ।

तरकारीको जुस
विभिन्न अध्ययनका अनुसार यदि तपाईँको आन्द्रामा धेरै फोहोर जमेको छ भने तरकारीको जुसले उक्त फोहोरलाई बाहिर पठाउन मद्दत गर्छ । जुसका लागि फाइबरयुक्त तरकारी जस्तै शलगम, पालक, चुकन्दर, अमला, गाजर आदी प्रयोग गर्नुपर्छ । यस्ता तरकारीको जुस निकाल्नुस र यसमा पर्याप्त मात्रामा कागती प्रयोग गर्नुहोस्। यसरी कागती मिसाएको जुसलाई बिहानको खाजापछि केही दिनसम्म सेवन गर्नुहोस यसो गर्नाले पेटमा भरिएको जतिसुकै फोहोर पनि बाहिर निस्कन्छ ।

हर्बल जुस

भुसी आन्द्रा सफा गर्नका लागि इसबगोलको निकै लाभदायक हुन्छ। यो बनाउन धेरै प्रकारको प्रतिरोधी स्टार्चको प्रयोग गरिन्छ । दिनहुँ इसबगोलकोमा कागतीको रस मिसाएर खादा केही दिनसम्ममा पेटको फोहोर हटेर जानेछ ।

स्याउको जुस

स्याउ फाइबरले भरिपूर्ण फल हो हुन्छ। स्याउको जुसले तपाईँको पेटको स्वास्थ्यलाई धेरै फाइदा दिने गर्छ । बजारमा प्याकेटमा उपलब्ध स्याउको जुस फाइदाजनक हुँदैनन्। फाइदाजनक स्याउको जुस बनाउनको लागि स्याउ घरमा ल्याएर त्यसमा अलिकति पानी हालेर पिसेर नछानी पिउनु पर्ने हुन्छ । यसरी तयार पारिएको जुसमा कागतीको रस पनि मिसाउँदा थप फाइदाजनक हुन्छ ।

एलोभेरा जुस 

धेरै प्रकारका समस्याहरूको एलोभेरा लागि प्रयोग गरिन्छ । एलोभेराले पेट पनि सफा गर्न सक्छ । आन्द्रा भित्रको फोहोरको कारण आन्द्राको पर्खाल सुन्निएको छ भने त्यसमा एलोभेराको जुस धेरै फाइदाजनक हुन सक्छ । एलोभेरामा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू हुन्छन् जसले आन्द्राको पत्रलाई फाइदा दिन्छ । हामीले के कुरामा ख्याल गर्नु पर्छ भने एलोभेरा सबैलाई सुट गर्ने खालको नहुन पनि सक्छ । सबैलाईसुट नहुने हुनाले डाक्टरको सल्लाह बिना एलोभेराको जुस प्रयोग नगर्नु हुन हामी हुरहरुलाई सल्लाह दिन्छौँ।

माथी उल्लेख गरिएको सबै प्रकारका जुस सेवन गर्नु अघि एकपटक आफ्नो चिकित्सकहरुसँग सल्लाह गर्नुहोला ।

  • सृजना प्याकुरेल

थप