कात्तिक ७, काठमाडौँ । हामी नेपालीहरुको प्रिय खाना हो भात । हामी
नेपालीहरुले दैनिक दुई पटक वा एक पटक भात खाने बानी नै छ । दाल भात तरकारी अचार
नेपाली प्रमुख खाना हो । तर हाम्रो समाजमा चामल अर्थात भातको बारेमा धेरै भ्रम (मिथक)हरु
रहेका छन । के के हुन भात र चामल सँग सम्बन्धी भ्रम अर्थात मीथकहरु
चामलले तौल बढाउँछ: हाम्रो नेपाली समाजमा रहेको ठुलो भ्रम यो हो कि चामलले तौल बढाउँछ । हामीले चामलको भात खायौँ भने तौल बढ्छ । तर चामल आफैंले तौल बढाउने भन्ने हुदैन तपाईले खानु भएको भातको आकार र भातसँग खाएको अन्य खानाको प्रकारले तौल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ । चामल शरिरको लागि चाहिने समग्र आहार हो जुन स्वस्थ शरिरको तथा स्वस्थ जीवनशैलीको लागि महत्त्वपूर्ण हुन्छ ।
ब्राउन राइस सँधै स्वस्थ हुन्छ: चामलको बारेमा रहेको अर्को मिथक हो
ब्राउन राइस सँधै स्वस्थ हुन्छ । तर यो भ्रम मात्र हो । सेतो चामलको तुलनामा
ब्राउन राइसमा धेरै फाइबर र पोषक तत्वहरू पाइन्छ, तर यो सधै सबैका लागि विश्वव्यापी
रूपमा राम्रो हुँदैन, किनकी व्यक्तिगत आहार आवश्यकताहरू भिन्न हुन्छन्
।
चामल धुनाले यसमा भएको पोषक तत्वहरू पखाल्छ : हामीहरु के सोच्छौ भने चामल धुनाले यसमा भएको पोषक तत्वहरु पखालिएर जान्छ । तर वास्तबमा यस्तो हुँदैन । चामल धोएर प्रयोग गर्नाले यसको सतहको स्टार्च र अशुद्धताहरूलाई हटाउँछ ।
राती भात खानु नराम्रो हो: हामी धेरैले सोच्ने गर्छौ राती भात
खानाले तौल बृद्धी हुन्छ तर राति भात खाँदा विशेष तौल बढ्ने वा अन्य स्वास्थ्य
समस्याहरू निम्त्याउने कुनै वैज्ञानिक प्रमाण भने छैन। राती भात खाँदा हामीले समग्र
क्यालोरी सेवन र भोजन सन्तुलन विचार गर्न भने महत्त्वपूर्ण हुन्छ ।
यी मिथकहरू प्रायः सांस्कृतिक विश्वास वा पोषणको बारेमा
गलतफहमीहरूबाट उत्पन्न हुन्छन्, त्यसैले प्रमाण-आधारित ज्ञानको साथ तिनीहरूलाई प्रष्ट बुझ्न
सकिन्छ ।
- सृजना प्याकुरेल