Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

देशका विभिन्न स्थानमा वर्षा र हिमपात

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ। आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम लुम्बिनी प्रदेश, कर्णाली लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा वर्षा  र हिमपात भएको छ । दैलेख लगायत सुर्खेत जिल्लामा वर्षा पनि भएको छ ।

सिमकोटमा आज सोमबार बिहान ६ बजेदेखि नै हिमपात भइरहेको स्थानियले बताएका छन । हिमपात सुरु भइदेखीनै हिमपात भएका स्थानमा अत्यधिक चिसो बढेको छ । गएरातिदेखि आज बिहानसम्म वीरेन्द्रनगर  र सुर्खेतको आसपासका क्षेत्रमा पानी परेको छ । स्थानीयका अनुसार दैलेखमा पनि पानी परेको छ ।

हिमपात र वर्षा हल्का खालको रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको छ भने  यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ।

अहिले बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ । देशको राजधानि काठमाडौँ उपत्यकामा कहिले बादल कहिले घाम लाग्ने र भइरहेको छ । काठमाडौँमा घाम नलागेकोले चिसो बढेको महसुस गरिएको छ तर पानी पर्ने सम्भावना भने एकदम कम रहेको महाशाखाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप