Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारको स्वास्थ्य बीमामा हुने उपचारको दायरा तथा बिमा रकम दुबै बढाउने तयारी

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा तथा बिमा रकम दुबै बढाउने तयारी थालेको छ । सरकारी निकायका अनुसार स्वास्थ्य बीमा उपचारको दायरा बढेको अवस्थामा बीमाको प्रिमियम रकम पनि बढ्ने छ ।

स्वास्थ्य बीमामा नौ वर्ष यता एकाघरका पाँच जना सदस्यले वार्षिक ३५ सय रुपैयाँ प्रिमियम रकम तिर्ने गरेका थिए । उक्त ३५ सय रुपैयाँ तिरे बापत परिवारको ५ जना सदस्यले एक लाख रुपैयाँसम्मको औषधि उपचार गराउन पाउने व्यवस्था थियो ।

तर सरकारले पछिल्लो पटक स्वास्थ्य बीमा उपचारको रकम पाँच लाख रुपैयाँ पुर्‍याउने तयारी थालेको छ । यदी स्वास्थ्य बिमाको रकम पाँच लाख रुपैयाँ पुगेको खण्डमा यसको प्रिमियम १० हजार हुन सक्ने स्वास्थ्य बीमा बोर्डले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप