कार्तिक
७, काठमाडौँ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट घरघरमा शुभ साइतको
प्रतीक मानिने रातो टीका एवं समृद्धिको प्रतीक मानिने जमरा लगाइएको छ।
घरघरमा
आफन्तजनको हातबाट अहिले बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा टीकाजमरा लगाइएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास
समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान ११ बजेर २ मिनेटको
साइत उत्तम रहेको बताएको थियो। सोही साईतमा टिका तथा जमरा लगाइएको छ ।
समितिका सदस्य तथा बाल्मिकी
क्याम्पस धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले विजयादशमीको दिन
आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने बताएका
छन ।
वर्षभरी
शान्तिको लागी घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेर मान्यजनको
हातबाट टीका र प्रसाद लगाउने गरिन्छ ।
- न्युज बहार संवाददाता