Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अपाङ्गता भएका व्यक्तिहरूको दिवसका दिन प्रभातफेरी कार्यक्रम आयोजना

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

मंसिर १७, काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

आजको प्रभातफेरी कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रभातफेरीमा सहभागी भएकाहरुले समावेशी शिक्षालगायतका माग राखेका थिए ।

सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । 

  • न्युज बहार संवाददाता

थप