Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाउने क्रम जारी

  •   ३ वर्ष अघि | ९ कार्तिक २०८०, बिहिबार

कार्तिक ९, काठमाडौँ । आज बिहीबार  आश्विन शुक्ल द्वादशीका दिन पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ। दसैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाहरूले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आर्शिवाद लिन जाने गरेका छन। नेपालका कुनै कुनै स्थानमा भने विजया दशमीकै दिनबाट दसैं सकिने गर्छ। 

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको टिका जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन पश्चिम नेपालका केही जिल्लामा रहेको छ।

दसैँका लागी सरकारी कार्यालहरू बिहीबारसम्म बन्द रहेका छन्। 

  • न्युज बहार संवाददाता

थप