Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ मनाइँदै

  •   ३ वर्ष अघि | २ मंसिर २०८०, शनिबार

मंसिर २, काठमाडौँ । छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठमा मुख्यतया सूर्यको उपासना गरी मनाइने गरिन्छ ।

पञ्चमी तिथि अर्थात छठ पूजा को दोस्रो दिनमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्ने गर्दछन।

‘चामल र गुड्’ बाट बनेको खिर खरनाको राति प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गरिन्छ।

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा धुप, प्रसाद, तिल, जौं आदिबाट हवन गरि गोईठा तथा आँपको दाउराको आगोमा माटो बाट बनेको नयाँ चुलोमा प्रसाद पकाइन्छ।

यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता रहेको छ।

ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र त्यसै दिन राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खाने गर्दछन।

  • न्युज बहार संवाददाता

थप