फागुन २५, काठमाडौँ । आज देशभर महाशिवरात्रि
पर्व मनाइदैँ छ । यस अवसरमा देशभरका सम्पुर्ण शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गर्नका लागि बिहानै
देखि भक्तजनहरुको घुइचोँ लागेको । यस महाशिवरात्रि
अवसरमा भगवान् शिवको पूजा–आराधना गरिन्छ
।
वैदिक
सनातन हिन्दु धर्म अनुसार आज बिहानैदेखि कुण्ड, नदी र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक
पूजा–आराधना गरिन्छ
।
आज
बिहानैदेखि शिवको पूजा गर्नका लागि भक्तपुरको डोलेश्वर, काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर लगायतका मन्दिरहरुमा
दर्शनार्थीहरुको भिड लागेको छ ।
- न्युज बहार संवाददाता