कार्तिक १०, काठमाडौँ। पहिले पहिले एउटा भनाई थियो रगत नपाए भक्तपुर जानू भन्ने तर अहिले भक्तपुरमै पनि रगत अभाव भएको छ।
नेपाल
रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा दसैँ लगायत चाड सुरू भएदेखि नै रक्तदान
लगायत कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो।
नेपाल
रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री
मनोजकुमार थापाले रक्तदान नहुँदा रगत अभाव चुलिएको जानकारी दिएका छन ।
चाडबाड
बेला रक्तदान लगायत कार्यक्रम ठप्प हुँदा रगत अभाव भएको उल्लेख गर्दै मागअनुसार
रगत उपलब्ध गराउन नसकेको उनले बताए।
थापाका
अनुसार रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरूलाई
फोन गरेर बोलाउँदै रगत संकलन गरेर पठाउने गरेको छ।
- न्युज बहार संवाददाता