कार्तिक १०, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक ११ गते शनिबार आश्विन
शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।
समितिका
सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले शनिबार राति १ : १९ बजे स्पर्श हुने
चन्द्रग्रहणको सुतक दिउँसो ४ : १९ बजेदेखि सुरु हुने राससलाई जानकारी दिएका छन ।
समितिले
स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) अनुसार राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त
हुने छ ।
ग्रहण लागेका बेलामा विशेष कामना राखेर
गरिने कर्म भने गर्न हुँदैन भने नित्य र नैमित्तिक कर्म गर्न हुन्छ।
विसं
२०८० मा लाग्ने यो चन्द्रग्रहण एउटा मात्र ग्रहण भएको समितिले जनाएको छ ।
- न्युज बहार संवाददाता