Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी

  •   ३ वर्ष अघि | ६ पुस २०८०, शुक्रबार

पुस ६, काठमाडौँ । बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सार्वजनिक सूचनामा भनिएको छ, ‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ, कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

  • न्युज बहार संवाददाता

थप