Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाटन अस्पतालमा आकस्मिकबाहेकको सबै स्वास्थय सेवा ठप्प

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।

आक्रोशित आफन्तले गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

दुई बिरामीको गत शनिबार पाटन अस्पतालमा उपचाररत सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । आक्रोशित आफन्तले बिरामीको मृत्युपछी चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।

स्वास्थ्यकर्मीहरुले अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने चेतावनीका साथ आन्दोलनमा उत्रिएका छन।

  • न्युज बहार संवाददाता

थप