Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अबदेखि महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाउने

  •   ३ वर्ष अघि | ६ पुस २०८०, शुक्रबार

पुस ६, काठमाडौँ । अबदेखि महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएको छ। 

महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न भनेका छन्।  

सार्वजनिक सूचनामा भनिएको छ 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको तथा शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।' 

यस्तै, महानगरपालिकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न  सूचनामार्फत् आह्वान गरेको हो । 

 

  • न्युज बहार संवाददाता

थप