Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विषादी युक्त काँक्रो खाँदै हुनुहुन्छ? अपनाउनुस यस्ता उपायहरु

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५, काठमाडौँ । गर्मी सिजन सुरु भएसँगै काक्रोको माग पनि बढ्न तालेको छ । गर्मीमा सबैलाई मन पर्ने खनेकुरा हो काक्रो । गर्मीयाममा काक्रो खपत धेरै हुने गरेको छ । काक्रो खानु स्वास्थको लागि राम्रो मानिन्छ तर, अहिले बजारमा पाउने काक्रोमा विषादी उच्च मात्रामा प्रयोग हुने गरेको छ ।

यसरी विषादीयुक्त काक्रो खाँदा हामीलाई त्यसले फाइदा भन्दा धेरै बेफाइदा पुर्याइरहेको हुन्छ । त्यसो हो भने के काक्रो खाँदै नखाने त? होइन खानुस तर काक्रो खानुभन्दा पहिला केही कुराहरु छन जसलाई तपाईले एकदमै ख्याल गर्नु पर्ने हुन्छ ।

काँक्रो खानुअघि ध्यान दिनुपर्ने कुराहरु

बजारबाट तपाइले किन्नु भएको काँक्रोलाई पहिले राम्रोसँग सफा गर्नु पर्छ ।  एउटा सफा भाडामा पानी लिनुस र त्यस पानिमामा नुन मिसाएर त्यो नुन पानिमा १०  मिनेटसम्मका लागि काँक्रोलाई डुबाएर राख्नुस् ।

त्यसैगरी काँक्रोमा भएको विषादी हटाउने अर्को उत्तम घरेलू उपाय भनेको १ लिटर जति पानीमा दुई बिर्को भेनेगर हाल्ने र उक्त भेनेगर मिसिएको पानिमा केही समय काँक्रोलाई डुबाएर राख्ने हो । भेनेगर पानिबाट निकालेपछी काँक्रोलाई दुई देखि तीन पटक सफा पानीले पखाल्नु पर्ने हुन्छ ।

यसरी दुई तरिकाले काँक्रोमा भएको विषादीलाई  केही हद सम्म भएपनि कम गर्न सकिन्छ । 

  • सृजना प्याकुरेल

थप