Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आलु तथा आलुका परिकार धेरै खानाले हुने बेफाइदाहरु

  •   २ वर्ष अघि | १५ पुस २०८१, सोमवार

पुस १५, काठमाडौँ ।  आलुलाई नेपाली भन्सामा तरकारीको राजा भन्ने गरिन्छ । तरकारी जुनसुकै होस आलु मिसाउने हाम्रो नेपालीको परम्परा जस्तै भइसकेको छ । हामी सबैलाई चाहे आलुको तरकारी होस वा आलुको खाजा वा अन्य कुनै रुपमा आलु एकदम मन पर्छ । तर के तपाइलाई थाहा छ आलु तथा आलु जन्य(आलुबाट बनेका) खानेकुरा हरु धेरै खाँदा हाम्रो शरिरलाई हुने कस्ता बेफाइदाहरु हुन्छन ? आउनुस यसबारे केही चर्चा गरौँ ।

तौल बढ्नु : आलुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ र यसको बढी सेवन गर्दा यसले क्यालोरीको मात्रा बढाउन योगदान पुर्‍याउन सक्छ, जुन शारीरिक क्रियाकलापसँग सन्तुलित नभएको खण्डमा तौल बढ्न सक्छ।

रगतमा चिनीको मात्रा बढ्छ: आलु, वा आलुका परिकारको बेसी प्रयोग गर्नाले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढ्न सक्छ । विशेष गरी सेतो आलुमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ, जसले रगतमा चिनिको मात्रा बढाउँछ । जसले इन्सुलिन प्रतिरोधमा योगदान पुर्‍याउन सक्छ र समयसँगै टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ।

पोषक तत्व असंतुलन : आलुमा प्रोटिन र फ्याट कम हुन्छ, र तिनीहरूमा धेरै भर पर्दा आहारमा पोषक तत्व असंतुलन हुन सक्छ ।

हृदय रोगको जोखिम : जब आलु भुटेको अथवा तारेर (जस्तै फ्राइज वा चिप्समा) खाइन्छ तब तिनीहरूले अस्वस्थ बोसो अवशोषित गर्दछ, जसले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ र हृदय रोगको जोखिम बढाउन सक्छ।

पाचन समस्याहरू: धेरै मात्रामा स्टार्च आलु खाँदा पाचन प्रकृयामा असुविधा हुन सक्छ ।

ठिक मात्रामा खाँदा यसले सरिरमा चाहीने पोषक तत्वको पुर्ती गर्छ भने आलु वा आलुका परिकार मात्र धेरै खाँदा यसले शरिरलाई धेरै बेफादा प्रदान गर्छ । अझ तपाँइ बजारमा पाइने प्रशोधित आलुबाट बनेको परिकार खानु हुन्छ भने अझै बढी सचेत हुनु जरुरी हुन्छ किनकी त्यस्ता खानेकुराले विभीन्न रोगलाई निम्तो दिने गर्छ ।

  • सृजना प्याकुरेल

थप