कार्तिक
२४, काठमाडौँ । आज धनतेरस पर्व, कात्तिक कृष्ण द्वादशीका दिन मनाइने यो पर्व आज
शुक्रबार मनाइँदैछ । आज
तिहार सुरु हुनुभन्दा अघिल्लो
दिन तामा, चाँदी, सुन र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने प्रचलन रहेको छ ।
कात्तिक
कृष्ण औँसीका दिन आज ल्याइएको भाँडाकुँडामा लक्ष्मीपूजा गर्ने गरिन्छ । वैदिक
सनातन हिन्दु धार्मिक विश्वास अनुसार यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई
बस्छिन् भन्ने रेहेको छ ।
आज धनतेरसका
दिन सुन चाँदीको गहना पनि किनेर ल्याउने प्रचलन रहेको छ । आजका दिनलाई भाण्ड त्रयोदशी समेत भनिने गरिन्छ र
आज नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास रहेको
छ ।
- न्युज बहार संवाददाता