Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनसान काठमाडौँ

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काठमाडौँ । आम सर्वसाधारणहरु बडा दशैँ मनाउन शहरबाट गाउँ फर्किएसँगै काठमाडौँ उपत्यका यतिबेला सुनसान देखिएको छ । सवारीसाधन र सडकमा हिँड्डुल गर्ने मानिसहरु फाट्टफुट्ट मात्रै दख्न सकिन्छ ।

काठमाडौँ उपत्यकाका व्यस्त सडक, चोक गल्ली यतिबेला खाली भएका छन । सधैंजसो ट्राफिक जाम र सवारी साधनको हर्नले ध्वनी प्रदुषण हुने सडकहरु अहिले सान्त भएका छन । सबै तिर अहिले जनसंख्या पातलिँदै गएको छ ।

घरैपिच्छे हुने किनमेलका पसलहरु प्रायः सबै बन्द छन् । एकदमै न्युन मात्रामा सार्वजनिक यातायातका साधन पनि चलेका छन् ।

आजदेखि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कोटेश्वर, कलंकी, बल्खु, बालाजु, लगायतका क्षेत्र पनि सुनसान भएका छन । उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक अनुसार यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन ।

यस वर्ष दसैँका लागी काठमाडौँ उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान ट्राफिक प्रहरी कार्यालयले गरेको छ ।



  • न्युज बहार संवाददाता

थप