Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिदै गरियो छठ पर्वको समापन

  •   ३ वर्ष अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ। आज बिहानको उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ ।

बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व विधिवत सम्पन्न भएको हो ।

अत्यन्त नियम निष्ठापूर्वक चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

आदि देव सूर्यको उपासना गरी शारीरिक कल्याण, पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप