मंसिर ४, काठमाडौँ । आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ। आज बिहानको उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ ।
बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व विधिवत सम्पन्न भएको हो ।
अत्यन्त नियम निष्ठापूर्वक चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
आदि देव
सूर्यको उपासना गरी शारीरिक कल्याण, पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा
पूरा होस् भन्ने कामनासहित अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइने गरिन्छ ।
- न्युज बहार संवाददाता