Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शनिबारसम्म मौसममा बदली जारी रहने, आइतबारदेखि क्रमशः सुधार

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । भोलि अर्थात शनिबारसम्म केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली जारी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अहिले भइरहेको मौसम बदली र वर्षा शनिबार सम्म जारी रही आइतबारदेखि मौसममा क्रमशः सुधार हुने बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि न्यून चापीय वायुको प्रभाव कमजोर भई मौसममा सुधार हुने महाशाखाले जनाएको हो । 

स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण यी सबैको संयुक्त प्राभावले विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रिमनसुन सक्रिय भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन  भने यो क्रम आइतबारबाट सुधार हुने छ ।

आगामी २४ घण्टामा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध छ ।

  • न्युज बहार संवाददाता

थप