Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गर्भवती अवस्थामा महिलाहरुले मेवा खान हुन्छ कि हुदैँन?

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

चैत २७, काठमाडौँ । हामी माझ प्रचलित एउटा भनाई छ गर्भवती  अवस्थामा महिलाहरूले मेवा खान हुँदैन भन्ने । के यो सत्य हो त गर्भवती महिलाहरुले मेवा खान हुँदैन ? वा यो एउटा मिथ मात्र हो?

गर्भवती महिलाहरुलाई प्रायः काँचो वा अर्ध-पाकेको(आधा मात्र पाकेको) मेवा नखान सल्लाह दिइने गरिन्छ । किनभने यस्तो काँचो वा आधा मात्र पाकेको मेवामा लेटेक्स हुन्छ, जसले पाठेघरको संकुचन निम्त्याउन सक्छ । पाठेघरको संकुचन हुनाले केहि महिलाहरुमा सम्भावित रूपमा गर्भपतन हुन सक्ने केही तथ्यहरुले देखाएको छ । कच्चा मेवामा रहेको लेटेक्समा पपेन नामक इन्जाइम हुन्छ, जसले पाठेघरको संकुचनलाई ट्रिगर गर्न सक्छ ।

यद्यपि सामान्यतया गर्भावस्थामा राम्रोसँग पाकेको मेवा मध्यम मात्रामा खान भने सुरक्षित नै मानिन्छ । यसमा भिटामिन ए र सी, फाइबर र फोलेट जस्ता पोषक तत्वहरू हुन्छन जुन आमा र बच्चा दुवैको लागि लाभदायक हुन सक्छ।

त्यसैले यदि तपाईं गर्भवती हुनुहुन्छ र मेवा खाने इच्छा हुन्छ भने पूर्ण रूपमा राम्रोसँग पाकेको मेवामा खानु पर्ने हुन्छ । तपाईंले गर्भवती अवस्थामा काँचो वा अर्ध-पाकेको मेवा खान बाट भने बच्नु नै उत्तम मानिन्छ ।

अर्को तर्फ तपाईंको विशिष्ट अवस्थाको लागि के सुरक्षित छ भनेर निश्चित गर्न सधैं आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नु सक्नु हुनेछ ।

  • सृजना प्याकुरेल

थप