कार्तिक ७, काठमाडौँ । आज दुर्गापक्षको मुख्य दिन अर्थात
नेपालीहरुको महान चाड विजया दशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा
शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीका
लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका
सदस्य देवमणि भट्टराईले बताएका छन ।
१० बजेट ३७ मिनेटको साइत दुर्गा
बिसर्जन गर्नका लागि समितिले तोकिदिएको छ । उनले कसैलाई टाढा जानुपर्ने बाध्यात्मक
अवस्था आएमा बिहानैको झुल्के घाममा देवी विसर्जन गरेर टीका लगाउन पनि सकिने जनाएका
छन ।
विजयादशमीको
टीका लगाउँदा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गर्नुपर्दछ। आज आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको
प्रसादस्वरूप टीका, जमरा थापेर
हर्षोल्लासका साथ मनाइन्छ ।
आज सबै मान्यजनबाट टीका ग्रहण
गर्न नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टिका लगाउन सकिन्छ ।
- न्युज बहार संवाददाता