Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगामी तिन दिन सम्म पानि पर्ने मौसमविदको भनाई

  •   ३ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

चैत १०, काठमाडौँ ।  देशका विभिन्न भूभाग लगायत काठमाडौँमा अहिले वर्षा भइरहेको छ ।

मौसमविद् गोविन्द झाका अनुसार मध्यराति पौने १२ बजेदेखि सुरू भएको वर्षा काठमाडौँमा केहीबेर रोकिएर बिहानीपख पुनः सुरू भएको छ ।

झाले काठमाडौँ उपत्यकासहित पाँचथर, मोरङ, सुनसरी, सिन्धुली, उदयपुर, मकवानपुर,  सिन्धुपाल्चोक, तनहुँ, स्याङ्जा, चितवन र गोरखका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएका छन ।

मौसमविद झाका अनुसार आगामी तीन दिनसम्म गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा राम्रै पानी पर्ने सम्भावना रहेको छ ।

उनले भने ‘लगातार झरी पर्ने होइन, रोकिने पर्ने भने भइरहन्छ।’

उनका अनुसार आज दिउँसो पनि बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका विभिन्न स्थानहरूमा पानी पर्ने सम्भावना छ भने काठमाडौँमा पनि दिउँसो पानी पर्ने सम्भावना देखिएको छ ।

 

  • न्युज बहार संवाददाता

थप