Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति कति छ?

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन ।

उनको नाममा कुनै घर नभएको र काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा संयुक्तमा जग्गा खरिद गरेको सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उल्लेख गरिएको छ । उक्त जग्गा उनले परिश्रमिकबाट खरिद गरिएको बताइएको छ ।

त्यस्तै उनले आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जानकारी दिएकी छन् । यी दुवै रकम मौज्दातको स्रोत उनले पारिश्रमिक रहेको खुलएकी छन ।

अर्को तर्फ उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त गरि १–१ सेट हिराको हार र हिराको टप ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ ।

उनीसँग नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर पनि रहेको छ । सवारी साधनमा २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी र एउटा स्कुटर रहेको छ ।

  • न्युज बहार संवाददाता

थप