बैशाख
१६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र
स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी र सुदूरपश्चिम
प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
आज आइतबार
दिउँसो देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा
रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको
पहाडी भूभागका एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश र
लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले
जनाएको छ ।
आज राति कर्णाली
प्रदेश, कोशी प्रदेश का साथै पहाडी भूभागमा आंशिक
बदली रहनुका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी
भूभागका एक–दुई
स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश, मधेस प्रदेश
र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता