असार २०, काठमाडौँ । आज राष्ट्रिय
स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिने भएका छन ।
रास्वपाका
प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छन ।
यस विषयमा परियारले
भने ‘हिजो नै
राजीनामा दिने सोचेका थियौँ तर पार्टी बैठकले सम्भव भएन, अहिले बिहान ८ बजे
प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको छ।’
- न्युज बहार संवाददाता