जेठ ८, काठमाडौँ । सहकारीको रकम अपचलनको
विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको
कार्यदलको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ । रकम अपचलनको विषयमा छानबिन गर्न गठित
कार्यदलको आजको बैठक पनि निष्कर्ष विहीन भएको हो ।
आज कानून, न्याय तथा संसदीय मामिला
मन्त्रालयमा बसेको बैठकमा दुबै सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु आआफ्नो अडन यथावत
राखेकाले बैठक निष्कर्षविहीन भएको जनाएको छ ।
- न्युज बहार संवाददाता