भदौ २५, काठमाडौँ । अहिले प्रमुख तीन दलका शीर्ष
नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसिरहेको छ ।
प्रधानमन्त्री
निवास बालुवाटारमा बैठक जारी रहेको छ । जारि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली
सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेका छन ।
माओवादी
केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा छलफल भइसकेपछि
कांग्रेस सभापति देउवा पनि सहभागी भएको स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता