असोज १३, काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएका थप
१५ जनाको शव निकालिएको छ । आज ११ पुरुष र ४ जना महिलाको शव भेटिएको हो ।
प्रहरीले
अनुमान अनुसार आज भटिएका शव गोरखाबाट काठमाडौँतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको
बसका यात्रु हुन सक्ने छ।
झ्याप्ले
खोलामा गएको पहिरो पन्छाउने क्रममा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो ।
अहिले पुरिएको बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परिरहेको छ । भेटिए
परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।
अहिले उद्धारका
लागि नेपाली सेना, सशस्त्र
प्रहरी, नेपाल
प्रहरीसहितको टोली खटिएको छ ।
- न्युज बहार संवाददाता