असोज १७,
काठमाडौँ । आज देखि नेपालीहरुको महान चाड बडा दसैँको बिधिवत शुरुवात भएको छ । हिन्दुहरूको
महान् पर्व बडादसैँ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने गरिन्छ
। आज प्रत्येक नेपालीहरुको घरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरी
घटस्थापना गरिएको छ ।
आज बिहानै
नृत्य कर्म समाप्त गरी गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा नजिकको
नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई विधिपूर्वक जौ, मकैको जमरा राख्ने चलन रहेको छ
।
दसैँ
घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी आजैदेखि पूजा आरम्भ गरिन्छ । दुर्गा
देवीको प्रिय वस्तु जौको अङ्कुर भएकाले आज यो रोपण गरी दशौँ दिनमा दुर्गालाई चढाएर
विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने
प्रचलन रहेको छ ।
- न्युज बहार संवाददाता