साउन ४, मुम्बई । सन् २०२६ को बहुप्रतीक्षित फिल्ममध्ये शाहरुख खानको ‘किङ’ पनि एक हो । यो फिल्मको अहिले छायांकनको क्रम भइरहेको छ । यो एक्सन-प्याक थ्रिलर जनराको फिल्म हुने छ भने घोषणा भएदेखि नै फ्यान यो फिल्मलाई लिएर उत्सकुतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
तर यतिबेला
‘किङ’ को छायांकन सेटबाट एउटा दुखद खबर
सार्वजनिक भएको छ । शाहरुख मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा भैरहेको ‘किङ’को एक्सन दृश्य छायांकन क्रममा
घाइते भएका बलिउड हंगामाको एक रिपोर्टले जनाएको छ ।
रिपोर्ट अनुसार चोटपटकको के
कति लागेको छ भन्ने विवरणलाई गोप्य राखिएको छ । अहिले खान उपचारको लागि अमेरिका
उडेको स्रोतले जनाएको छ
- न्युज बहार संवाददाता