साउन ६, काठमाडौँ
। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वास्थ्यमा समस्या देखिएपछी
उनी अस्पताल भर्ना भएका छन् । कलाकार आचार्यको नाकबाट रगत
बगेपछि उनी विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।
महजोडीद्वय
मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर
बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न शनिबार विराटनगर पुगेका थिए ।
हिजो
विराटनगरमै बसेका आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर
प्रकाश मुन्दडाले जनाएका छन ।
- न्युज बहार संवाददाता