साउन २६, बुटवल । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।
आज जिल्ला
अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्ने
आदेश जारी गरेको हो ।
गत चैत २५ देखि लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा रुपन्देही
कारागारमा रहेका छन् ।
यही साउन १९ गते सोमबार जिल्ला अदालत रुपन्देहीमा लामिछानेले
आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित
आफूबाटै गर्न चाहेको तर्क राखी आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग
गर्दै निवेदन दिएका थिए ।
उक्त
निवेदन आज सुनुवाइका लागि १० नम्बर न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको थियो
।
- न्युज बहार संवाददाता