Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भैरहवामा रास्वपाको संसदीय दलको बैठक जारी

  •   १२ महिना अघि | १५ साउन २०८२, बुधबार

साउन १४, रुपन्देही। रुपन्देहीको भैरहवामा रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक जारी रहेको छ । मंगलबार नै बैठकका लागि रास्वपा नेता र सांसदहरु भैरहवा पुगिसकेका थिए ।

आज बिहान जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई नेताहरुले भेटेपछि दलको बैठकमा बसेका हो । अहिले संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेलमा जारी रहेको छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार संसदीय दलको बैठकमा संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पेश भएका विभिन्न विधेयक, सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ ।

  • न्युज बहार संवाददाता

थप