भदौ १२, काठमाडौँ । भोलि (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले आज बिहीबार सिंहदरबारमा बसेको प्रमुख
सचेतकहरूसँग छलफलका क्रममा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकपछि
प्रधानमन्त्रीले भोलि संसद्मा सम्बोधन गर्ने जानकारी गराएका छन ।
- न्युज बहार संवाददाता