भदौं
१२, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
यस दिन नेप्से परिसूचक
३.८० अंकले बढेर २७८६.४० विन्दुमा बन्द भएको हो ।
आज नेप्से बढेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम
भने घटेको छ। बजारमा यस दिन ३२६ स्टकको १ लाख ६८ हजार १७५ पटकको कारोबारमा १३ अर्ब
७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको
छ।
बुधबार ३ स्टक लिबर्टी
इनर्जी, हिमालयन
हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
छ। कारोबारमा आएको कणाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.८८
प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा चन्दागिरी हिल्स शीर्ष
स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बृद्धी भएको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस
दिन सर्वाधिक १.०१ प्रतिशतले लगानी उपसमूहको परिसूचक बढेको छ। यस दिन सर्वाधिक
१.६९ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता